Hikmat Acharya
  • २ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

यो त ट्रेलर मात्रै हो, सिङ्गो फिल्म आउनै बाँकी छ :प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन ।

शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइह खुल्दै जाने वताएका हुन । उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने वताए ।

उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको वताएका छन ।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो ट्रेलर मा्रै ो, र्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’

उनले अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय, श्रमजीवि जनसमुदाय आफ्नो साथमा एस् कसैले केही गर्न नसक्ने वताएका छन ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode