अछाममा लागुऔषधसहित एक जना पक्राउ
अछाममा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट लागूऔषध एक जना पक्राउ परेका हुन्।
एक ग्राम ९ सय २ मिलिग्राम लागुऔषधसहित सोही गाउँपालिका–३ धाराशैनका २१ वर्षीय शंकर ठकुल्लालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।
साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। दिनेश खबरबाट साभार
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया