बान्नीगढी गाउँपालिका
अध्यक्ष युवा रोजगार कार्यक्रमका लागी अनुगमन तथा निरीक्षण
बान्नीगढी जयगढ गाउँपालिकामा संचालन हुने गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी अनुगमन तथा निरीक्षण गरिएको छ ।
युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बाख्रा र भैँसी अनुदान कार्यक्रममा सहभागीलाई छनोट गर्न अनुगमन तथा निी गरिएको हो ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको नेतृत्वको टोलीले वडा नम्बर ५ कालिकाका बाख्रा र भैँसी पालक कृषकहरूको अवस्थाबारे आवश्यक जानकारी लिएको छ ।
आर्थिक बर्ष २०७९ । ८० को बार्षिक कार्यक्रम अन्तर्गत पालिकाका १६ जना बाख्रा पालक र १३ जना भैँसी पालक कृषकलाई अनुदान दिइने छ ।
अनुदानका लागी छनोट भएका १६ जना बाख्रा पालक कृषकहरूलाई प्रति व्यक्ति ५० हजार र १३ जना भैसीँपालक कृषकहूा परति व्यक्ति ६० हजार उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमको कार्यविधि अनुसार अनुदानका लागी युवाहरूलाई छनोट गरिने बताईएको छ ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,कार्यपालिका सदस्य मोहनलाल ताम्राकार,निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मी,पशु शाखा प्रमुख हर्क बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, व्यापार/प्रर्वद्धन, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया