Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विनोद मृत्यु प्रकरण : फरार अभियुक्त सर्जन प्रहरी नियन्त्रणमा


अछामको पंचदेवल विनायक नगरपालिकाका १५ वर्षीय विनोद शाहीको हत्या अभियोग पश्चात् फरार रहेको १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत वर्षको जेठ २१ गते मृत भेटिएका पंचदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका विनोद शाहीको हत्या अभियोग लागेका स्थानीय अक्कल बहादुर शाहीलाई बिहीबार प्रहरीले कालिकास्थानबाट नियन्त्रणमा लिएको हो ।

उनी विनोदको मृत्यु भए पश्चात् फरार रहेका थिए । केहि दिन यता गाउँघरमा लुकीछिपी बसिरहेको पीडित परिवारको गोप्य सूचनाका आधारमा उनलाई घर नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

विनोदको न्यायका लागी अगुवाइ गर्दै आएका बखत बहादुर शाहीका अनुसार उनलाई पीडित परिवारको अगुाइमा नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको हो ।

विनोदको हत्या अभियोगमा ४ जना कारागारमा रहेका छन् भने बिहीबार नियन्त्रणमा लिइएका अक्कल बहादुर शाहीलाई शुक्रवार प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

विनोदको हत्या अभियोगमा १३ जना विरुद्ध मुद्दा दर्ता गरिएकोमा उनीहरू मध्य ३ जनाले सफाइ पाई सकेका छन् भने ५ जना अझै फरार रहेका छन् ।

फरार हुनेमा जिल्ला समन्वय समिति अछामकी उप प्रमुख दानमती शाही समेत रहेकी छन् ।

स्थानीय तहको निर्वाचन पश्चात् जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच पञ्चदेवल नगरपालिकाको कालिका स्थानमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव जेठ २१ गते शनिबार स्थानीयले फेला पारेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode