Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

बाग्लुङ बडिगाडको एक होटलमा प्रहरी इञ्चार्ज मृत फेला


बाग्लुङ बडिगाडको एक होटलमा प्रहरी इञ्चार्ज मृत फेला
बाग्लुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक वरिष्ठ सई उज्वल पौडेल मृत फेला पर्नुभएको छ ।

गएराति इलाका प्रहरी कार्यालय भिमगिठेबाट निस्कनु भएका पौडेल मङ्गलवार आज बिहान बडिगाड गाउँपालिका ६ खाल बजारमा रहेको एक होटलमा मृत फेला पर्नुभएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख राजेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।

घटना थप शङ्कास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको उहाँले बताउनु भयो ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode