Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम प्रदेश सभाको बैठक २५ गते आह्वान


सुदूरपश्चिम प्रदेश सभाको बैठक २५ गते आह्वान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले एक सूचना टाँस गर्दै ९बुधवार० बिहान ११ बजे बैठक आह्वान गरेको हो । माघ ४ गते ११ गते बैठक बस्ने गरि सभामुख भीमबहादुर भण्डारीले सभा स्थगित भएको जानकारी दिएका थिए ।

माघ ११ गते अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको थियो । सचिवालयले सूचना जारी गरेसंगै अनिश्चित बनेको बैठक अब २५ गते बस्ने गरि बाटो खुलेको हो ।

बैठक आह्वान गरेसंगै प्रदेश सभा सदस्यहरुको मोबाईलमा सचिवालयले सन्देश पठाउँदै बैठकमा उपस्थित हुन आग्रह गरेको धनगढीखबरलाई सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

विजनेस विहिन बनेको बैठकको प्रथम कार्यसचि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिश्वासको मतका लागी प्रस्ताब पेश गर्ने रहेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत कायम गराउन नागरिक उन्मुक्ति पार्टीको साथ र सहयोग आवश्यक रहेको छ । उन्मुक्तिको असहमतिका कारण मुख्यमन्त्री रावलले बिश्वासको मतका लागि प्रस्ताव पेश गर्न सकेका थिएनन् ।

माघ २६ गतेभित्र उनले विश्वासको मत लिईसक्नुपर्ने कानुनी व्यवस्था भएपछि सो दनभन्दा एक दिन अगाडि बैठक आह्वान गराउन उनी सहमत भएका हुन । यद्यपी अझै पनि उनलाई विश्वासको मत पाउनेमा शंका रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन् भने माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode