धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु
धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो ।
आफ्नै घरको पानी तान्ने मटरको तारमा अचानक छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया