Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङको एक परिवारमा मध्यराति चक्कु प्रहार, तीन जना घाइते


बझाङको मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।

जिल्लाको सुर्मा गाउँपालिका(३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल ाइते भएका छन् ।

सुनिताका श्रीमान् कलक बिकले श्रीमती र दुई छोराहरूमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको बताएका छन् ।

हल काठमाडौँमा रहेका कलकले चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताएका छन् ।

उनले दोषीलाई छिटो समातेर कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले आफ्नो ब्याक्तिगत दुष्मनी कसैसंग नरहेको समेत बताएका छन् ।

घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode