अछाममा कार्यरत एक सब इन्जिनियर लागु औषधसहित पक्राउ
अछाममा कार्यरत एक सब इन्जिनियर कञ्चनपुरको बेलौरीबाट लागु औषधसहित पक्राउ परेका छन् ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडक घाटबाट ९ दशमलव ४२ ग्राम लागु औषधसहित बेलौरी नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय हरिश ेग्मी शनिवार बिहान प्रहरी परेका हुन् ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शँका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ ।
पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका रेग्मी सडक डिभिजन कार्यालयका अछाम सब इन्जिनियर हुन् । घटनाको प्रहरीले थप अनुसन्धान हेको छ ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया