अछाममा खोलामा नुहाउने क्रममा भगवान् शिवको मूर्ति र शिवलिंग भेटियो
खोलामा नुहाउँदै गर्दा अछाममा भगवान् शिवको कलात्मक मूर्ति र शिवलिंग भेटिएको छ ।
अछामको कमलबजार नगरपालिका–५ स्थित सातजडा त्रिवेणीमा नुहाउने बेला पानी भित्र बालुवा मुनि शिव पार्वतीको तामा पित्तलको मूर्ति र शिवलिंग फेला परेको हो ।
मलबजार नगरपालिका वडा नं ४ चाल्सा सिरुगाडका दल बहादुर साउँदले उक्त मूर्ति र शिवलिंग फेला परेका हुन् ।
फेला परेको मूर्ति र शिवलिंग अहिले फेला पार्ने व्यक्ति दल बहादुर साउँदको घरमा राखिएको छ । मूर्ति र शिवलिंग भेट्टीएसंगै सो ठाउँमा पौराणिक कालमा भगवान् शिवको ठुलो शक्ति पीठ रहेको हुनसक्ने आँकलन गर्न थालिएको छ ।
उक्त त्रिवेणी आसपासमा यसअघि पनि विभिन्न समयमा भगवान् शिवसँग सम्बन्धित ामग्रीहरु फेला पर्दै आएका छन् ।मूर्ति र शिवलिंग भेटिएपछि स्थानीयले सो ठाउँको उत्खननको माग गरेका छन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया