चेतनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै अखिलको अधिवेशन उद्घाटन

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु भएको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रि कमिटी अध्यक्ष स्वर्गीय चेतन ऐडीको तस्विरमा पुष्प गुच्छा अर्पण गर्दै संगठनका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन् गरेका हुन् ।
धनगढीमा रहेको उद्योग वाणिज्य संघ कैलालीको हलमा जारी अधिवेशनमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट गरि २ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक मनोज राईको अध्यक्षताका जारी अधिवेशनमा पार्टी का नेताहरू सहभागी छन् ।
अहिले सम्म अनेरास्ववियु अध्यक्षका लागि २ जनाको दाबी देखिको छ । अहिले संयोजक रहेका मनोज राई र सह संयोजक रहेका कमल रोकायाले अध्यक्ष पदमा दाबी गरेको अनेरास्ववियु केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज दीपक धामीले जानकारी दिए ।
आकाङ्क्षी धेरै भए पनि नेतृत्व सर्वसम्मत रूपले चयन गरिने उनको भनाई छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया