सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम संसद् सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैँछन । सुदूरपश्चिम संसद् सचिवालयका अनुसार बिहीबार िउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि बुधबार १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो ।
गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ ।
५३ जन प्देशसभा सदस्य रहेको प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ।
प्रदेशसभामा सत्तापक्षीय नेकपा ९एमाले०का १०, नेकपा ९मओवादी केन्द्र०का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्।
विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा ९एकीकृत समाजवादी का ४ र १ स्वतन्त्र सदस्य छन्।
बि.क रेडियो बान्नीगढीमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया