Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

सरकारी जग्गा घोटालामा पक्राउ परेका अरुणसहित तीनैजना छुटे


काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना हिरासत मुक्त भएका छन्।

मंगलबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार उनीहरू तीनैजनालाई थप दुई दिन हिरास ख्न अनुमति दिएको थियो।

अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि सोहीअनुसार उनीहरू बुधबार हिरासतमुक्त भएको सिआइबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

सिआइबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको थिो।

 


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode