अछाममा बाबुले गरे आफ्नै नाबालिग छोरीमाथि बलात्कार
अछाममा एक बाबुले आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेका छन् ।
जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँमा ३५ वर्षीय बाबुले आफ्नी १२ बर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।
नाबालिग छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई ्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।
उनका अनुसार शनिवार दिउँसो अन्दाजी ३:३० बजेको समयमा नावालिकामाथी आफ्नै बाबुले घरभित्रै करणी गरेका थिए ।
नावालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएसँगै स्थानीय मार्फत घटनाबारे प्रहरीलाई खबर भएको थियो ।
घटनाबारे खबर पश्चात् शनिवार साँझै बाबलाई न्रणमा लिइएको र म्याद थप गरि थप अनुसन्धान भईरहेको बताईएको छ ।
बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखीएको पाइएको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया