बसको ठक्करबाट घाइते ट्राफिकको मृत्यु
काठमाडौं । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।
यही फागुन २० गते जुनेली यातायातको प्रदेश(३(०१(००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्ीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका खत्रीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।”
बसका चालक गिरीाई पले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोही अनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया