रमेश भन्छन ; मृगौला प्रत्यारोपण त सफल भयो ,औषधि किनेर खानका लाई समस्या छ
अछाम । जिल्लाको साफेँवगर न पा ८ चण्डिकाका रमेश भुल उच्च रक्तचाप र कोरोनाको बुस्टर डोजले विगत १८ महिना पहिले थला परे । गैरसरकारी संस्थामा काम गरिरहेका रमेशले एक वर्ष सम्म आफ्नो आर्थिक अवस्थाले पुगे सम्म उपचार गरे ।
तर उपचार वाकी न ,थिक अभावका कारणले छ महिना पहिले भक्तपुरको अस्पताल छटपटाई रहेका रमेश भुल ले अस्पतालको शैयाबाटै आफूलाई बचाई दिन आग्रह गरे । देश विदेश बाट रमेश का लागि आर्थिक सहयोग जुट्दै गयो।
लोकप्रिय कार्यक्रम इन्द्रेणीमा रमेश १३ लाख १७ हजार ५ सय ५५ रुपैयाँ गरियो ।
मृगौला पीडित रमेशको अवस्था जटिल थियो । चिकित्सकका अनुसार उनको उपचारका लागि २५ लाख आवश्यक थियो ।
मृगौला प्रत्यारोपण त उहाँाई गरेको रथक सहयोग ले सफल भयो तर जीवन भर औषधि खानका लागि मृगौला पीडित लाई औषधि किन्न नै समस्या छ ।
सरकारले मृगौला पीडितहरूलाई औषधिका लागि मासिक ५ हजार को व्यवस्था गरेको छ । त्यसका लागि भने गरिब परिचय पत्र अनिवार्य भनेको छ । यसले मृगौला पीडितहरूलाई धेरै समस्या रहेको छ ।
सरकारले कानुन संशोधन गरेर पनि मृगौला प्रत्यारोपण गरेका सबै बिरामी ले निःशुल्क औषधिको व्यवस्था गरेको भए राम्र हुने रमेशको भाई ।
सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर पुकार चन्द श्रेष्ठ नेतृत्वको टिमले सफल शल्यक्रिया
गरेका हुन ।
रमेशले भने मलाई नयाँ जीवन दिनुहुने सम्पुर्ण सहयोगिहरुलाई धन्यावाद दिन्छु ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया