उपाध्यक्ष रावलद्वारा पचाङ्गा खानेपानी योजना गाज्राको अनुगमन
पचाङ्गा खानेपानी योजना बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ को अनुगमन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक बिन्दु रावलको नेतृत्वमा गाउँपालिकाको वडा नम्बर १ गाज्रा पचाङ्गामा संचालित पचाङ्गा खानेपानी योजनाक लबार अनुगमन गरिएको हो ।
गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत ४ लाख ८५ हजारको लागतमा संचालित उक्त आयोजनाबाट पचाङ्गाका करिब २५ घरधुरी लाभान्वित हुने छन् ।
उपभोक्ता समिति मार्फत संचालित योजनाको प्राविधिक मूल्याङ्कन अनुसार भुक्तानी गरिने गाउँपालिका उपाध्यक्ष रावलले बताएकी छन् ।
उपाध्यक्ष रावलका अनुसार योजनाको अनुगमनका क्रममा देखीएका कमी कमजरलई ुा गरि पूर्ण रुपमा स्टिमेट अनुसार काम अघि बढाउन निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा उपाध्यक्ष रावलसहित प्रवक्ता मोहनलाल ताम्राकार,निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार रावल,प्राविधिक तर्क सुनार लगायत सहभागी भएका थिए ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया