बान्नीगढीमा एमाले वडा अधिवेशनको तयारी तीव्र : कुन वडामा कहिले ?

नेकपा एमाले बान्नीगढी गाउँपालिका संगठन कमिटीको बैठक सम्पन्न भएको छ ।
आसन्न वडा तथा पालिका कमिटीको अधिवेशन सम्बन्धी विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
पालिका कमिटी अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतामा भएको बैठकमा पर्टीका प्रदेश कमिटी सदस्य तथा प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज खकेन्द्र रोकाया प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोकायाले आसन्न वडाको वडा अधिवेशन मार्फत सबल , सक्षम नेतृत्व चयन गर्ने गरि खटिन आग्रह गरेका छन् ।
पार्टी केन्द्रको निर्देशनको पूर्ण पालना गर्दै वडा पालिका क्षेत्र हुँदै जिल्लाको अधिवेशन सफल पार्नु सबै पार्टी कार्यकर्ताको दायित्व हुन उनको भनाई छ ।
एमालेले आगामी निर्वाचनलाई मिसन ८४ को रुपमा अघि सारेको बताउँदै रोकायाले लक्ष प्राप्तिका लागि विशेष गरि गाउँ टोल स्तरका नेताहरू आवश्यक रणनीति सहित अघि बढ्नुपर्नेमा उनको जोड छ ।
बैठकबाट बान्नीगढी जयगढ गाउँपालिकाका ६ वटै वडामा यही जेठ ८ गतेसम्म वडा अधिवेशन गरिसक्ने निर्णय गरिएको छ ।
जस अन्तर्गत वडा नम्बर ६ दर्नाको ३ गते,वडा नम्बर ५ कालिकाको ५ गते वडा नम्बर ४ तिमिल्सैनको ६ गते वडा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरिने छ । भने वडा नम्बर २ र १ को ७ गते र वडा नम्बर ३ बर्दादेवीको जेठ ८ गते वडा अधिवेशन गरिने छ ।
६ वटै वडामा अधिवेशनका लागी विभिन्न नेताहरूलाई इन्चार्ज सहित जिम्मेवारी तोकिएको पालिका सचिव लोक बहादुर ठकुल्लाले जानकारी दिएका छन् ।
वैठकले एमालेका संगठित सदस्य वडा नम्वर ३ बर्दादेवी खोलाघरका धन बहादुर ठकुल्लाको निधनप्रती शोक प्रस्ताव पारित गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया