बझाङमा हिउँमा चिप्लेर एक युवकको मृत्यु
बझाङमा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो ।
बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा ब बिहान ५ बजे धौलढुंगामा एक्कासी हिउँमा चिप्लेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष रमलाकुमारी मन्डेल पुजाराले बताएकी छन् ।
उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलन गर्न निस्केका थिए।
क्याटेगोरी : समाचार
प्रतिक्रिया