Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

एमाले पूर्व उपाध्यक्ष रावलको प्रश्न : वार्ताका लागी अझै कति कुर्नु पर्ने हो ? (भिडिओ सहित)

नेता रावललाई उचित जिम्मेवारी नदिइएकोप्रति कार्यकर्ताको आक्रोश


नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टीसँग वार्ताका लागी अझै कति समय कुर्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।

आफूलाई वार्ताका लागी बोलाउने भन्दै एमाले अध्यक्ष के.पी. शर्मा ओलीले हालसम्म पनि नबोलाएको भन्दै कहिलेसम्म कु हो भन्दै प्रश्न गरेका हुन् ।

रावल जिल्लामा पार्टी कार्यकर्ता भेटघाट,अन्तरक्रिया तथा वडा अधिवेशन लगायतका कार्यक्रममा व्यस्त छन् ।

बुधवार बान्नीगढी जयगढ गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले चितवन अधिवेशनमा अध्यक्ष के.पी. शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गरेकै कारण आफूमाथि बिभिन्न प्रहार हुनुका साथै आफूलाई किनारा लगाउने प्रयास हुँदै आएको बताए ।

थुप्रै नेता का्यकर्ता करश श्चात् अध्यक्ष ओली वार्ता टोली बनाउन बाध्य भए पनि यसको मुख्य उद्देश्य आक्रोशित नेता तथा कार्यकर्ताको मनोभावना भंग गर्नु बाहेक केहि नदेखिएको रावलको भनाई छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा सहितको वार्ता टोली र आफू बिच सकारात्मक छलफल भएको स्मरण गर्दै उनले वार्ता पश्चात् अध्यक्ष ओलीले वार्ाका लग आफूलाई खर ग्े बताएको बर्ष दिन बित्दा पनि कुनै कुनै खबर नगरेको बताएका छन् ।

च्यासलमा वार्ताका लागी अध्यक्ष ओलीले बोलाएसँगै आफू गएको र अध्यक्ष ओलीले तपाईँलाई फेरी खबर गर्छु,फेरी कुरा गर्छु भनेसँगै आफू कुरेर बसेको भए पनि अध्यक्ष ओली वार्ताबाट पछि हटेको रावलको भनाई छ ।

वार्ता समिति र आफूबिच सकारात्मक छलफल भएको भए पनि वार्ताका बिषयमा कु प्रचार गरिएको उनको दाबी छ ।

पार्टी वधि विधान सिद्धान्त अुसा चलनुरछ भन्ने मत राखेकै कारण आफूलाई किनारा लगाउन खोजिएको बताउँदै उनले यसका विरुद्ध थप कदम चाल्नुपर्ने तर्फ नेतृत्वले धकेली रहेको उल्लेख गरेका छन् ।

नेता रावललाई उचित जिम्मेवारी नदिइएकोप्रति कार्यकर्ताको आक्रोश

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा।भीम रावललाई पार्टी नेतृत्वले उचित स्थान नदिएप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

बान्नीगढी जयगढ गउँािाा आोजत पार्टीको न्रकरया कार्यक्रमका सहभागीले प्रभावशाली नेता रावललाई पार्टी नेतृत्वले उचित जिम्मेवारी नदिएकोमा आक्रोश जनाउँदै पार्टी नेतृत्वले समयमै आवश्यक निर्णय लिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यकर्ताको आक्रोशलाई बिषयान्तर गर्न नाम मात्रैको वार्ता टोली गठन गरिएको कार्यक्रमका सहभागीहरूको बुझाई छ ।

रावललाई पार्टीबाट किनारा लगाउन खोजेसँगै क्रोशित बनेका का्यक्तको नोावन विकेन्द्रित गरने बहेक वार्ता टोलीले कुनै काम नगरेको भन्दै रावलका समर्थकहरूले तत्काल रावललाई उचित जिम्मेवारी नदिए अछामसँगै सुदूरपश्चिममा पार्टीले ठुलो क्षति भोग्ने ठोकुवा गरेका छन् ।

भिडिओ :-

एमाले बलियो होस् भन्ने चाहना हो,अरु बिकल्प नभएका होइनन् : रावल


क्याटेगोरी : भिडीयो, राजनीति, राष्ट्रिय, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode