Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’मा बियरका बोतल भेटिएपछि (भिडिओ सहित)


अछामको एक स्वास्थ्य चौकीमा रहेको रिफ्रीजिरेटर (फ्रिज) मा मादक पदार्थ बियर भेटिएका छन् ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर वडा नम्बर ९ मष्टाबण्डालीको स्वास्थ्य चौकीमा रहेको फ्रिजमा बियरका बोतल भेटिएका हुन् ।

प्रयोगशाला,खोप ग सामाग्री भण्डारण गर्ने प्रयोजनका लागी राखिएको फ्रिजमा मादक पदार्थ बियरका बोतल भेटिएको भिडिओ सामाजिक संजालमा भाइरल भईरहेको छ ।

स्रोतका अनुसार स्वास्थ्य चौकीको फ्रिजमा लामो समयदेखी बियरका बोतल भण्डारण हुँदै आएको थियो । केहि स्वास्थ्यकर्मी र केहि स्थानीयहरूले बियरका बोतल चिसो पार्न स्वास्थ्य चौकीको फ्रिजमा राख्ने गरेको स्रोतको दाबी छ ।

बिरामीको उपचार हुने स्वास्् चकक आफ्नै ्िम बियरका बोतल भेटिनुले स्वास्थ्यकर्मीको गैर जिम्मेवारीपन उदांगो भएको छ । यस घटनामा जोडिएकाहरूलाई कार्वाही हुनुपर्ने माग उठेको छ ।

भिडिओ :-


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode