Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अध्यक्ष साउँदको निकृष्ट काम : छोराका नाममा २ लाख झ्वाम


अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले आफ्ना छोराको नाममा गाउँपालिकाका २ लाख रकम झ्वाम पारेका छन् ।

एमबिबिएस अध्ययनरत छोरालाई ल्यापटप तथा सामाग्री वितरणका नाममा गाउँपालिकाको २ लाख रकम उनले झ्वाम पारेका ह ।

यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा उनले छोरालाई ल्यापटप तथा सामाग्री वितरणका नाममा २ लाख बजेट रातो किताबमै छुट्याएका थिए ।

गाउँ सभामा छलफलका क्रममा भने यो बजेटबारे कुनै जानकारी गराइएको थिएन ।

सभाका एक सदस्यका अनुसार अध्यक्ष साउँदले आफ्नै छोरालाई ल्यापटप तथा सामाग्री वितरणका नाममा २ लाख बजेट विनियोजन गरिएको बिषयमा कुनै जानकारी नगराई रातो किताब तयार पार्ने क्रममा योजना समावेश गरिएको हो ।

छोरासँगै अध्ययनरत अर्की छात्रालाई न राहत न सहयोग –

गत बर्ष मात्रै बान्नीगढी जयगढ गाउँपालिकाबाट गाउँपालिका अध्यक्षका छोरा सन्देश साउँद र उनकै वडाकी ममता जोशी नेपाल सरकारको पूर्ण छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागी छनोट भएका थिए ।

पालिकाबाट २ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको भए पनि गाउँपालिकाका अध्यक्ष साउँदले भने ‘आफ्नै ा जगन्नाथ’ भन्ने उखानलाई चरितार्थ गर्दै उक्त रकम सिधै आफ्ना छोराको नाममा भुक्तानी दिन लगाएका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीकी ममता जोशी सम्भवतः पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागी छनोट हुने अछामकै पहिलो छात्रा हुन् ।

कार्यपालिका बैठकमा पहिलो पटक नोट अफ डिसेन्ट –

गाउँपालिकाको रातो किताबमा समावेश एमबिबिएस अध्ययनरत विद्यार्थीाई ल्यापप तथा सामाग्री बितरण शीर्षकको बजेट गाउँपालिका अध्यक्ष साउँदले आफ्ना छोरालाई बितरण गर्ने प्रस्ताव पेश गरेपछि गाउँपालिकाको कार्यपालिका बैठकमा हङ्गामा नै मच्चिएको थियो ।

गएको पौष २९ गते आइतबारको कार्यपालिका बैठकमा सोझै कार्यपालिकाबाट निर्णय गराएर २ लाख भुक्तानी दिने प्रस्ताव गरेपछि अध्यक्षको प्रस्तावमा उपाध्यक्ष बिन्दु रावलले असहमति जनाएकी थिइन् ।

कुनै पनि अनुदान तथा सहायता बितरण र्दा व्यक्तिलाई साझै नतोकी मापदण्डका आधारमा सूचना निकाली प्रकृया रित पुर्‍याएर रकम बितरण गर्नुपर्ने अडान गाउँपालिका उपाध्यक्षले राखेकी थिइन् ।

पालिकाबाट २ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत भएका कारण मापदण्ड बनाएर प्रतिस्पर्धाका आधारमा वा एमबिबिएस अध्ययनरत दुवै विद्यार्थीलाई समान रूपले उक्त रकम बितरण गर्नुपर्ने अडान उपाध्यक्ष रावलले कार्यपालिका बैठकमा थियो ।
उपाध्यक्ष रावलको अडानको अध्यक्ष साउँदले बेवास्था गरेपछि गाउँपालिका उपाध्यक्ष रावलले कार्यपालिका बैठकमै ‘नोट अफ डिसेन्ट’ गरेकी थिइन् । कार्यपालिका बैठकमा लिखित रुपमा ‘नोट अफ डिसेन्ट’ पेश भएको त्यो पहिलो घटना थियो ।

दुवै विद्यार्थीलाई समान रुपमा सहायता बितरण गरौँ न त भन्ने प्रस्तावमा अध्यक्ष साउँदले आफ्नो भागको बजेटबाट छोराकै लागी बजेट विनियोजन गरेकाले अरूलाई दिन नकिने अडान लिएो एक ार्यपालिका सदस्य बताउँछन् ।

अध्यक्ष साउँदको जवाफ पदमा भएको बेला गरिहाल्न पर्छ –

गाउँपालिकाको २ लाख बजेट सोझै आफ्नो छोरालाई बितरण गर्न लागेपछि भएको विवादको चर्चा सतहमै आएको थियो ।

चर्चा पश्चात् धनगढीमा अध्यक्ष साउँदलाई आफै जिम्मेवार पदमा भएका बेला यस्तो निर्णय गर्दा राजनीतिक भविष्य बिग्रने भन्दै सचेत गराएका थिए ।

शुभचिन्तकले उनलाई सुझाउने प्रया गर्दा अध्यक्ष साँदल भन ‘पदमा भएको बेला गरि हाल्नु पर्छ भन्नेहरू भन्दै गर्छन्’ भन्दै ओठे जवाफ फर्काएको चिया गसिपका एक सहभागीको भनाई छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode