Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ८ दिन देखि दुई किशोर बेपत्ता


अछाममा दुई जना किशोर बेपत्ता भएका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैन बरेतिलेक निवासी कर्ण ठकुल्लाका १५ बर्षिय छोरा अमित ठकुल्ला र सोही ठाँउकै चन्द्र ठकुल्लाका १६ बर्षिय छोरा लोकेश ठकुल्ला बेपत्ता भएका हुन् ।

जयगढ देखि ८ दिन अघिबाट बेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता दुबै किशोर घरबाट जयगढ बजार जान्छु भनि हिडेका भएपनि अझैं सम्म परिवारको सम्पर्र्कमा नआएको किशोरका आफन्त गोकुल ठकुल्लाले जानकारी दिएका छन् ।

बेपत्ता अमित ठकुल्ला जनज्योती आधारभुत विद्यालयमा कक्षा ८ र अर्का किशोर लोकेश ठकुल्ला सरश्वती माध्यामिक विद्यालयमा कक्षा ८ मै अध्ययनरत रहेका थिए ।

 

८ दिन सम्म नि उनिहरुक अवस्था अज्ञात रहेकाले कोहि कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा ९८६४३२३८३८ र ९८६५८६३१५० मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode