Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

छाउ प्रथा अछाममा : पालिका प्रमुख र माननीयको छलफल काठमाण्डौँमा ?


अछामको विद्यमान छाउपडी प्रथा लगायतका सामाजिक कुरीतिबारे अछामका बिभिन्न पालिकाका प्रमुख,जिल्ला समन्वय प्रमुख र संघीय माननीयहरूले काठमाण्डौँमा छलफल गरेका छन् ।

असार मसान्त सकिएसंगै काठमाण्डौँ छिरेका पालिका प्रमुखहरुले जिल्लाा माननीयहरुसंग काठमाण्डौमा एक व्यवसायीको कार्यालयमा अछामको छाउपडी प्रथा लगायत कुरितिबारे छलफल गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमा एक तस्बिर पोस्ट गर्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेले जिल्लाको छाउपडी प्रथा लगायत कुरीतिबारे छलफल गरिएको उल्लेख गरेकी छन् ।

छलफलमा पूर्व मन्त्री तथा अछाम क्षेत्र नम्बर १ का संघीय सांसद शेर बहादुर कुँवर र क्षेत्र नम्बर २ का सांसद ुष् बहादुर शाह समेत सहभागी थिए ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर,मंगलसैन नगरपालिका र कमलबजार नगरपालिकाका मेयर द्वय पदम बहादुर बोहरा र यज्ञ ढकाल,ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँद,तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी. र बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल समेत सहभागी छन् ।

काठमाण्डौँको सुकेधारास्थित एक जना व्यवसायीको कार्यालयमा बुधवार छाउपडी प्रथा लगायत कुरीति न्यूनीकरण गर्ने सम्बन्धमा छलफल भएको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदले बताएका छन् ।

छाउगोठमुक्त भइसकेको अछाम जिल्लामा अझै पनि यो प्रथा व्याप्त रहेकाले यसलाई न्यूनीकरण गर्ने सवालमा रणनीतिक योजनाका साथ अघि बढ्नेबारे छलफल भएको उनको भनाई छ ।

उनका अनुसार छाउपडी प्रथा न्यूनीकरण र बनेका कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने बिषयमा अछाममा साउन २८ गते सर्वदलीय बैठक आयोजना गर्ने निर्णय उनीहरूले गरेका छन् ।

जिल्लामा छाउपडी प्रथा न्यूनीकरणका लागी कार्यक्रम संचालन गर्ने आवश्यक बजेट लगायत प्राविधिक सहयोगका लागी बिभिन्न निकाय समक्ष माग गर्ने समेत निर्णय गरिएको बताईएको छ ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode