फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको मृत्यु
इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिकाको मृत्यु भएको छ ।
इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुटबल खेलिरहेको समयमा रकट प्रहार भएको थियो । इजरायली सुरक्षा ल आईडीएफले लेबनानी आतंकवादी समूह हिजबुल्लाहले रकेट प्रहार गरेको आरोप लगाएको छ । हिजबुल्लाह समूहले भने यो आरोप अस्वीकार गरेको छ ।
यो घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहले यो आक्रमणको महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। यो घटनापछि इजरायल र हिजबुल्लाह समूहबीच पूर्ण युद्ध सुरु हुने जोखिम बढेको बीबीसीले जनाएको छ ।
गत अक्टोबरमा इजरायल–गाजा ुद् सुरु भएदेखि नै लेबनानको हिजबुल्लाह समूह र इजरायलबीच पनि तनाब बढ्दै गएको छ। यसैबीच इजरायलले गाजाको एक विद्यालय नजिक गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा एक सय जना घाइते भएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया