Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदीका गहना चोरी


कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँडीका गहना चोरी भएका हुन्।

शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए। उनले सुन, चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेका कैलाली प्रहरीले बताएको छ। कैलाली प्रहरीले बिहिवार राति गिरीलाई सुतेको अवस्थामा पक्राउ गरेको हो।

कैलाली प्रहरीले सीसीटीभी फुटेको विश्लेषणका आधारमा गिरीको पहिचान गरेको थियो। घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ। गिरीले धनगढीको हसनपुरमा समेत एक घरमा चोरी गरेका थिए। उनी कैलाली कारागारबाट कैद भुक्तान गरेर श्रावण १७ गते मात्र छुटेका थिए।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode