Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अन्नमा मकै


कर्णालीमा गएको आर्थिक वर्ष साढे पाँच लाख टन खाद्यान्न उत्पादन भएको छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार पाँच लाख ५२ हजार नौ सय ३० टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै दुई लाख १९ हजार आठ सय दुई टन मकै उत्पादन भएको छ ।

दोस्रोमा गहुँ एक लाख ५२ हजार छ सय २१ टन र तेस्रोमा धान एक लाख ४५ हजार ६३ टन उत्पादन भएको छ । यस्तै जौँ ११ हजार पाँच सय ५६ टन, कोदो १६ हजार तीन सय १० टन, फापर तीन हजार ८८ टन र उवा एक हजार आठ सय १९ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच प्रदेशमा वर्षमा २३ हजार टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ ।

एक जनालाई वार्षिक औषतमा दुई सय एक किलोका दरले खाद्यन्न आवश्यक पर्ने भएकोले प्रदेशको उत्पादनमा थप २३ हजार टन खाद्यन्न आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । मकै, गहुँ, कोदो लगायतका खाद्यन्नभन्दा चामालकै माग बढी हुने भएकोले कर्णालीमा खाद्यन्न आयात भने उच्च छ ।

साभारः उज्यालो बाट


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode