Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

भारतमा सवारी दुर्घटनामा अस्ताए अछामका रावल


भारतमा सवारी दुर्घटनामा पनि अछामका एक युवकको मृत्यु भएको छ ।

भारतको सुरतमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ का सुरेश रावलको उपचारका क्रममा बुधवार निधन भएको हो ।

जनै पूर्णिमाको रात आफू बसने घर नजिकै दुर्घटनामा परेका अन्दाजी २८ बर्षिया रावलको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

सुरेशको एक बहिनीको पनि भारतमा गएको बर्ष निधन भएको थियो ।

उनी सहित उनका सबै परिवारहरू भारतमा बस्दै आएका छन् भने उनले करिब एक महिना अघि मात्रै छोरी पाएका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode