Hikmat Acharya
  • २ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले रवि लामिछानेसँग सोधपुछ गर्दै


सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिको पूर्व प्रबन्ध निर्देशकसमेत रहेका ामिछानेलाई आज सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो । समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि अहिले सोधपुछ गरिरहेको छ ।

लामिछानेलाई भने दिउँसो २ बजे बोलाइएको समितिले जनाएको छ । लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा रकम लिएर अपचलन गरेको आरोप छ ।

पोखराको सूर्यदर्शन सहकारबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख, बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लागे पनि लामिछानेले यसको खण्डन गर्दै आउनुभएको छ ।

संसदीय समितिले झन्डै तीन महिनादेखि सहकारी बचत हिनामिनामा छानबिन गरिरहेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र सङ्घ–संस्थाका पदाधिकारीसहित ५० जनाभन्दा बढी ्यक्तिसँग बयान लिइसकेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode