Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बर्षासंगै चट्याङ पर्दा अछाममा २ जना घाइते


अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा बर्षासंगैको चट्याङले लागेर २ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो करिब ३ बजे परेको चट्याङले लागेर २ जना घाइते भएका हुन् ।

घाइते हुनेा तुले धामी र उनको डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।

घर भित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ६२ बर्षे धामीको अवस्था गम्भीर रहेको प्रहरी वरिष्ठ हवलदार लक्ष्मण प्रसाद जोशीले जानकारी दिए ।

घाइते दुवैलाई उपचारका लागि बयालपाटा ल्याइएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode