Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछामका पूर्व जनमुक्ति सेना मलेसियामा अस्ताए !


अछामका एक युवकको मलेसियामा निधन भएको छ ।

रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडा मौभेरीका भक्त साउँदको निधन भएको हो ।

काम सकेर कोठामा सुतेका ४० बर्षिया साउँद बिहान ओछ्यानमै मृत भेटिएका थिए ।

आउँदो बडा दसैँमा घर आउने योजनामा रहेका र हिजो राति ९ बजे श्रीमतीसँग भलाकुसारी गरेका उनको मृत्यु भएको खबर परिवारले आज बिहान मात्रै पाएका हुन्

तत्कालीन जनमुक्ति सेनाको रुपमा काम गरेका उनी विगत ६ बर्षदेखी मलेसियाको कम्पनीका सेकुरेटी गार्डको रुपमा काम गर्दै आएका थिए ।

उनका २ वटा छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन् ।

उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइएको र पहल भईरहेको उनका आफन्त मोहन साउदले बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode