Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछाममा माओवादी विद्यार्थी चढेको जीप दुर्घटना


अछाममा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मध्य पहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मटेनामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

जिल्लाको चौरपाटी गाउँपालिकाबाट मंगलसैन जाँदै गरेको सु प पर ० ज १२३८ नम्बरको जिप अनियन्त्रित भएर दिउँसो ३ बजे दुर्घटना परेको बताईएको छ ।

तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर नालीमा खसेको थियो । घाइते भएका सबैलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ।

मंगलसैनमा जारी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै गरेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode