मेल्लेखका २ युवाले मदिराले मातिएर पालिकाको ढोकामा लात्ती बजारे, पत्रकार चदारालाई भकुरे
अछाम : मेल्लेख गाउँपालिकाका स्थानीय २ युवाले मदिराको तालमा गाउँपालिका कार्यालयको ढोकामा लात्तीले बजार्नुका साथै स्थानीय पत्रकार माथि हातपात गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ५ खिमाडाका गोकुल बोहरा र गौतम साउदले मदिराको तालमा ो राति गाउँपालिकाको मुख्य ढोकामा लात्ती बजार्नुका साथै पत्रकार लाल चदारालाई कुटपिट गरेका हुन् ।
गाउँपालिका कार्यालय भित्र साँफेमा आयोजना गरिएको तिज प्रतियोगितामा सहभागी हुन आवश्यक रिहर्सल गरिरहेका बेला बोहरा र साउँदले मदिराको तालमा ढोकामा लात्ती बजार्दै भित्र प्रवेश गरेका थिए ।
चुक्कुल तोडेर भित्र छिरेका उनीहरूले एकाएक आफूलाई कुटपिट गरेको पत्रकार चदाराले बताएका छन् ।
ुवै नल हत गर्न थालेपछि बाहिर निस्किएका उनलाई बोहरा र साउँदले पालिकाको हाता भित्र समेत हातपात गरेको भिडियो फुटेजमा देखिन्छ ।
उनीहरूको कुटपिटबाट चदाराको टाउको र खुट्टामा चोट लागेको छ ।
पालिका छिरेर अपशब्द बोलेका उनीहरूले मेल्लेख प्रहरी चौकीको प्राङगणमा समेत गालीगलौज गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका उनीहरलाई अभदर वयवार अन्तर्गत मुद्दा चलाई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी भण्डारीले बताएका छन् ।
उनका अनुसार अनुसन्धान र प्रमाणका आधारमा उनीहरूलाई थप मुद्दा समेत चलाउन सकिने छ ।
क्याटेगोरी : अपराध, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया