Hikmat Acharya
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

रुकुममा बाढीले बगाउँदा दुई जनाको ज्यान गयो


रुकुम पश्चिमको मुसिकोटमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा अन्दाजी २० वर्षीया निर्मला केसी थापा र अन्दाजी ५० वर्षीय सर्जन पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोख्रेलले दिनुभएको जानकारीअनुसार हिजो बेलुकी मोटरसाइकल चढेर खोला तर्दै गर्दा उनीहरूलाई बगाएको हो । उनीहरूको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode