Hikmat Acharya
  • १३ पुस २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा ३ वर्ष को अवधिमा १० हजार भन्दा वढी मुद्दा प्रहरीमा दर्ता


सुदूरपश्चिम प्रहरीमा तीन वर्षको अवधिमा १० हजार ३४३ मुद्दा दर्ता भएका छन् ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछामस्थित जिल्ला प्रहरी कार्यालय तथा यहाँका इलाका प्रहरी कार्यालयमा गरी सो संख्यामा मुद्ा दर्ता भएको पाइएको हो ।

आर्थिक वर्ष २०७८ देखि आर्थिक वर्ष २०८०–८१ सम्म सो संख्यामा विभिन्न अपराधसँग सम्वन्धित मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा तीन हजार २२८, आर्थिक वर्ष २०७९–८० मा तीन हजार पाँच सय ३ र गत आर्थिक वर्ष २०८०–८१ मा तीन हजार ६ सय ३ मुद्दा दर्ता भएको तथ्यांकले देखाएको हो ।

हत्या, जबरजस्ती करणी, चोर, बहुविवाह, बैकिङ कसुर, गाली बेइज्जती, घरेलु हिंसा लगायत मुद्दा प्रहरीमा दर्ता भएका छन्। तर प्रहरीमा दर्ता भएका धेरैजसो मुद्दाको समयमा सुनूवाई भने भएको छैन् ।

२०७८ मा तीन सय २२, २०७९ मा एक हजार ६६ – २०८० मा एक हजार २ सय ४ गरेर २ हजार ५९२ मुद्दाको समयमा सुनूवाई नभएको पाइएको छ । तीन आर्थिक वर्षको अवधिमा सुदूरपश्चिममा ७ हजार ६ सय ३९ पुरुष र पाँच सय ७० महिला भने पक्राउ परेको प्रदेश प्रहरी का्यालक छ।

जबरजस्ती करणी, चोरी, लागुऔषध, हत्या, जबरजस्ती करणी उद्योग लगायत अपराधमा संकलग्न तर फरार भएकाहरुको संख्या उच्च देखिएको छ । अपराधमा संलग्न ८२ महिलासहित ६ सय २६ जना अझै फरार छन् ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode