पूजाको प्रसाद खाँदा झापामा ५० जना भन्दा बढी बिरामी
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/09/pooja-prasad-jhapa-birami-1024x624-1.jpg)
पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।
अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाए । प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् ।
उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५÷६० जना बिरामी भएका छन् ।
बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । पुजाको प्रसादमा फुट ोइन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2023/09/SUWASH.jpeg)
अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया