Hikmat Acharya
  • १२ पुस २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल बिनायक नगरपालिका

फुल हाकिम माग गर्ने कार्यपालिकाको निर्णय : माझीले बैठकमा पाएनन् ईन्ट्रि


अछाम । पञ्चदेवल विनायक नगरपालिकाका कार्यपालिका सदस्यहरूले उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत माग गरेका छन् ।

कार्यपालिका बैठकमा लिखित निर्णय गर्दै उनीहरूले उपसचिव स्तरको फुल हाकिम (प्रमुख प्रशासकीय अधिकृत) माग गरेका हुन् ।

बिहीबार नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा सम्पन्न बैठकमा नगरको हाकिमका बिषयमा छलफल भएको थियो ।

छलफलका क्रममा सर्वसम्मत रुपमा उप सचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत माग गर्ने निर्णय भएको नगर उप-प्रमुख हर्क रावलले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका ध्रुव प्रसाद सापकोटाको सरुवा भए पश्चात् पदम माझीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघिय था सामान्य प्रशासन मन्त्रालयले खटाएको भए पनि उनलाई नगरमा आर्थिक अख्तियारी दिइएको छैन ।

माझीलाई आर्थिक अख्तियारी नदिइँदा हाल नगरमा कुने पनि आर्थिक सम्झौता, भुक्तानी र आर्थिक सिफारिसका कार्य हुन सकेका छैनन् ।

उपमेयर रावलले भने राजनीतिक दबाबका बिचमा नगरपालिकासँग समन्वय नगरी पठाइएका माझीलाई हाकिम मान्न नसकिने बताएका छन् ।

निमित्त को कसलाई जिम्मेवारी दिने भन्नेबारे नगरको कुनै सिफरिस तथ बेगर झ्यालबाट आएका माझीलाई हाकिम नमान्नेमा दुई तिहाइ बढी कार्यपालिका सदस्य एकमत रहेको उनको दाबी छ ।

उप सचिव स्तरको हाकिम पठाउन लिखित निर्णय गरि सिफारिस गरिएको बताउँदै उनले छिट्टै उपसचिव स्तरको हाकिम मन्त्रालयले खटाउनुपर्नेमा जोड दिए ।

माझीलाई कार्यपालिका बैठकमा निषेध :

मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएका पदम बहादुर माझीलाई शुक्रवारको करयािा बैठकमा निषेध गरिएको छ ।

मन्त्रालयले दिएको जिम्मेवारी अनुसार उनको हैसियत नगर कार्यपालिकाको सदस्य सचिव हो । तर नगरपालिकामा नगर प्रमुख र उनीबिचको सम्बन्ध संवादहीन छ ।

मन्त्रालयले माझीलाई निमित्तको पत्र थमाए पनि मेयर सहितका नगर कार्यपालिकाका बहुमत सदस्यले उनलाई हाकिम स्वीकार गरेका छैनन् ।

शुक्रवारको कार्यपालिका बैठकमा छैटौँ तहका अर्का कर्मचारीलाई सदस्य सचिवको रुपमा बैठकमा ्रेश िइक थियो ।

हाकिम विवादले पञ्चदेवल विनायक तरंगित : माझीको विनायक मोहमा गम्भीर आशंका


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode