Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अकोराब सुदुरपश्चिमको अध्यक्षमा तिमिल्सैना सर्वसम्मत


देशभरका सामुदायिक रेडियोको छाता सङ्गठन अकोराब सुदुरपश्चिमको अध्यक्षमा बेदप्रकाश तिमल्सिना चयन भएका छन् । यहि २८ गतेदेखि ललितपुरमा चलिरहेको १८औँ वार्षिक साधारण सभा तथा ८औं अधिवेशनबाट सुदुरपश्चिमको अध्यक्षमा तिमल्सिना चयन भएका हुन् ।

अध्यक्षका लागी तिमल्सिना लगायत अनिल बहादुर शाही, राम खत्रीले उम्मेदवारी दर्ता गरेका थिए । सहमतिका आधारमा तिमल्सिना अध्यक्षमा चयन भएका हुन् । रेडियो रामारोशन अछामका तिमल्सिना र रेडियो सुदूर आवाज डडेल्धुराका खत्रीले प्रेस युनियनबाट उम्मेदवारी दिएका थिए भने रेडियो बुढीनन्दा बाजुराका शाही समाजवादी प्रेस संगठनबाट उम्मेदवार बनेका थिए ।

यस्तै अन्य पदमा पदाधिकारी निर्विरोध चयन भएका छन् । उपाध्यक्ष महिलामा रेडियो बाजुरा,बाजुराकी प्रतिक्षा थापा, सचिवमा रेडियो सेवेन स्टार बैतडीका अम्मरराज भट्टराई र कोषाध्यक्षमा रेडियो शैलेश्वरी डोटिका बिक्रम बहादुर खडका चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रेडियो अत्तरियाका धुर्ब राज ओझा र रेडियो मेलौली बैतडीका लक्ष्मण विसि निर्विरोध चयन भएका छन भने महिला सदस्यमा उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी लेखा समिति संयोजकमा सागर ताम्राकार चयन भएका छन् । लेखा समिति संयोजकमा आफ्नो एफएम डडेल्धुराका ताम्राकार र रेडियो गाउँघर अछामका कृष्ण बहादुर बुढाले उम्मेदवारी दर्ता गरेका थिए । सहमतिका आधारमा ताम्राकार लेखा समिति संयोजकमा चयन भएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, सूचना प्रविधि

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode