Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

आज १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै


आज १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । यसवर्ष ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान, प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवम् सरोकारवाला सबै निकायलाई प्रयासरत रहन प्रेरित गर्ने उदेश्यले दिवस मनाउन लागिएको जनाएको छ ।

नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थीलगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको बताउनुभएको छ ।

साथै उहाँले सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।


क्याटेगोरी : राष्ट्रिय, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode