Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

ई–सेवाको दशैँ–तिहार अफर : जुनसुकै कारोबार गर्दा विद्युतीय कार जित्ने मौका


काठमाण्डौ – नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले यसपालिको दशैँ–तिहार र छठ पर्व लक्षित गरेर ई–सेवा महाउत्सव ः ई–सेवाको कारोबारमा नामीको दामी कार अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत आज असोज १ गतेदेखि आउँदो कात्तिक ३० गतेसम्म ई–सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले नामी विद्युतीय कार जित्न सक्ने कम्पनीले जनाएको छ । कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकता अनुरूप ई–सेवाका जुनसुकै सेवाको प्रयोग वा ई–सेवाबाट कारोबार गर्दा बम्पर उपहार जित्ने सकिनेछ ।

यसका साथै १ सय रुपैयाँको खेलमा हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले आईफोन–१६ पनि जित्न सक्ने ई–सेवाले जनाएको छ । १ सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् ।

त्यसैगरी दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने कम्पनीले जनाएको छ। दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि ’फ्ल्यास सेल’ को रूपमा अफर आउनेछ ।

यो सेलमा प्रयोगकर्ताले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलवार ई–सेवाका विभिन्न सेवाहरू ः मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, ई–स्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ ।
यी अफरहरूबारे थप जानकारी ई–सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode