कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उहाँले फेरि विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लागि दिउँसो १ बजे बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ । माओवादीले गएको भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । त्यसअघि साउन ११ गते माओवादीले कोशी सरकार छाडेको थियो । कार्कीको समर्थनमा नेकपा एमालेका ४०, कांग्रेसका २९ सांसद छन् ।
प्रदेशसभामा माओवादी केनद्क १३, ा्पक ६, ेप एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गएको वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया