Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

उत्कृष्ट जी.पी.ए. ल्याउने विद्यार्थी र सेवा निवृत्त शिक्षकलाई बान्नीगढीमा सम्मान


अछाम । बान्नीगढी जयगढ गाउँपालिकामा गएको शैक्षिक सत्रमा उत्कृष्ट जी.पी.ए प्राप्त गर्ने छात्रछात्रा र सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा एक कार्यक्रमका बिच विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा एक कार्यक्रमकाबिच गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा र कक्षा १० को एसइई परीक्षामा उत्कृष्ट जी.पी.ए हासिल गर्ने १२ जना छात्रछात्रा र सेवा निवृत्त २ जना शिक्षकलाई पालिकामा सम्मान गरिएको थियो ।

जस अन्तर्गत सम्मानित हुनेमा आधारभूत तह कक्षा ८ मा उत्कृष्ट जी.पी.ए. हाँसील गर्ने छात्र तर्फ क्रमशः सरस्वती माद्यामिक विद्यालयका निशान साउँद,राष्ट्रभाषा माविका विष्णु साउँद सरस्वती माविका जेनिस साउँद छन् भने छात्रा तर्फ सरस्वती माद्यामिक विद्यालयकी सोनिया ताम्राकार,सरस्वतीकै निशा साउद र ऐश्वर्य माविकी लक्ष्मी थापा रहेकी छन् ।

यस्तै एस.ई.ई. परीक्षामा छात्र तर्फ जिल्लामै उत्कृष्ट जी.पी.ए. हासिल गर्ने ऐश्वर्य माविका हिमेश थापा,ऐश्वर्यकै विवेक भण्डारी र अलकनन्दा माविका नारायण शर्मा रहेका छन् भने छात्रा तर्फ ऐश्वर्य माविकी आईश्मा शाह,बिन्देवाशिनि माविकी रोशनी साउद र नन्दा माविकी निशा रावल छन् ।

यस्तै पालिका भरीबाट उत्कृष्ट जी.पी.ए ल्याउन सफल विद्यालय ऐश्वर्य माद्यामिक विद्यालयलाई पनि सम्मान गरिएको छ ।

विद्यालयका तर्फबाट प्रधानाध्यापक हिक्मत बहादुर थापालाई सम्मान गरिएको थियो ।

३ जना सेवा निवृत्त शिक्षकलाई सम्मान :

यस्तै गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराई उमेर हदका कारण सेवा निवृत्त भए ३ जना शिक्षकहरूलाई सम्मान गरिएको छ ।

पालिकाको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै उनीहरूलाई अबिर,खादा, नेपाली ढाका टोपी र सम्मान पत्रका साथ सम्मान गरिएको हो ।

सम्मान सहित बिदाइ हुने शिक्षकमा राष्ट्रभाषा मा.वि गाज्रामा कार्यरत रेवन्त बहादुर कुँवर,धम्कोट आधारभूत विद्यालय बेल्पाटामा कार्यरत केशर बहादुर खड्का , जलेश्वर आधारभूत विद्यालयमा कार्यरत एकेन्द्र राज शर्मा रहेका छन् ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode