Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक मृत्यु


कैलाली– कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ का मोटरसाइकल चालक सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज (बुधवार) गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

डंगौराको उपचारका क्रममा मृत्यु भएको हो । डगौरासँगै मोटरसाइकल पछाडि सवार रहेका महेन्द्र चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोे छ ।

स्कारपियो चालक गोदावरी–६ का ३४ वर्षीय भोजलाल चौधरीलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode