दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत
दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत हात पारेको छ । अफगानिस्ताने अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो । योसँगै अफगानिस्तानले अन्तर्राष्ट्रिय क् भारतबाहेक सबै पूर्ण सदस्य टोलीलाई पराजित गरेको छ ।
यूएईको शारजाह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका गुलबदिन नइबले नटआउट ३४ र अजमतुल्लाह ओमरजाईले नटआउट २५ रन बनाए । दक्षिण अफ्रिकाका बिजोर्न फर्टुनले २ विकेट लिए ।
त्यसअि ट जितेर को दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा १ सय ६ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका वायन मुल्डेरले सर्वाधिक ५२ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।
अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ३ खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल भोलि र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।
अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
प्रतिक्रिया