Hikmat Acharya
  • ९ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ


कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय पक्राउ परेका हुन्।

दुबै जनालाई ० दश्मलव ९५ ग्राम लागुऔषध खैरो हिरोइन र पुरोक्सोइन स्पास लेखिएको ११ वटा क्याप्सुलसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


क्याटेगोरी : अपराध, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode