Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुनको भाउ बढ्यो


काठमाण्डौँ – लगातार तीन दिनदेखि घटिरहेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेको छ ।

आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार १ एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ५५ हजार ६ सय रुपैयाँमा रहेको थियो । यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो भने चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : अर्थ-वाणिज्य, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode