Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल र माल्दिभ्स पुलिस क्लब खेल्दै


काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दैछन् ।

माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । नेपाल पुलिस क्लब एक खेल अगावै च्याम्पियशिपको फाइनल प्रवेश गरेको छ ।

हिजोसम्म भएका चार खेलमै नेपाल पुलिस अपराजित रहँदै फाइनल पुगेको हो । प्रतियोगितामा पुलिस शीर्ष स्थानमा छ ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलङ्काको श्रीलङ्का एयर फोर्स, ताजकिस्तानको डाइमेड र माल्दिभ्सको वोम्को क्लबलाई पराजित गरेको हो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode