Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एक महिला मृत फेला


अछाममा एक महिला मृत फेला परेकी छिन् ।

जिल्लाको चौरपाटी गाउँपालिका–१ श्रीपालि बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी प्रहरीले बताएको छ । उनी आफ्नै घर भित्र मङ्गलवार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको हो ।

करिब साढे २ वर्ष घि विवाह भएकी मृतक साउदका श्रीमान ६ महिना अघि भारत गएका र श्रीमान आएको ४/५ दिनमै उनी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको इलाका प्रहरी कार्यालय चौरपाटीका प्रहरी निरीक्षक लालसिंह विष्टले बताएका छन् । उनले यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode