प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ ।
बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएो ्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (च)बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को बमोजिम जानकारी गराउनु हुनेछ ।
बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’’ भनन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ९पहिलो संशोधन विधेयक, २०७९’ लाई प्रस्तुत गर्न
अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने तथा ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि , सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ
परियार एक दशकदेखी सक्रिय पत्रकारीतामा छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया