बान्नीगढी गाउँपालिकामा गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सेवा सुरु (भिडिओ सहित)
चुनावका बाचा क्रमशः पुरा गर्दै जाने अध्यक्ष साउँदको प्रतिबद्धता
बान्नीगढी जयगढ गाउँपालिकामा गाउँघर आयुर्वेद स्वास्थ्य क्लिनिक सेवाको उद्घाटन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ कालिकामा रहेको कालिका स्वास्थ्य चौकीमा आयुर्वेद गाउँघर स्वास्थ्य सेवा क्लिनिक उद्घाटन गरिएको हो ।
वडा अध्यक्ष टं साउँदको अध्यक्षतामा भएको क्लिनिकको शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले नागरिकहरूलाई सर्वसुलभ रूपमा आयुर्वेद उपचार सेवा प्रदान गर्न लामो प्रयासपछि क्लिनिकको उद्घाटन गर्न सम्भव भएको बताएका थिए ।
निर्वाचनका क्रममा नागरिकहरूलाई निःशुल्क आयुर्वेद तथा गुणस्तरीय स्वास्थ् सवा प्रदान गर्ने बाचा अनुसार नै क्लिनिकको उद्घाटन गरिएको र अन्य वाचा तथा प्रतिबद्धताहरू क्रमशः पुरा गर्दै जाने उनको भनाई छ ।
पालिकामै कालिका स्वास्थ्य चौकीमा आयुर्वेदिक स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको बताउँदै उनले क्लिनिकबाट आवश्यक लाभ लिन सवैमा अनुरोध गरेका छन् ।
जनताका आधारभूत आवश्यकता पुरा गर्न गाउँपालिकाको बागडोरको जिम्मेवारी जनताले आफूहरूलाई दिएको बताउँदै उनले नारिकक अपक्षा अनुसारका कार्यलाई निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
भिडियो : –
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मंगलसैन अछामको आयोजना र बान्नीगढी जयगढ गाउँपालिकाको समन्वयमा सुरु भएको गाउँघर स्वास्थ्य क्लिनिकमा हरेक महिनाको पहिलो र तेस्रो सोमवार नियमित रूपमा आयु्वेद स्ास््य उपचार सेवा प्रदान गरिने छ ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख दीपकराज पन्त,आयुर्वेद चिकित्सक डा.सन्दीप अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त बहादुर रावलले गरेका थिए ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया